

ठुला कुरा नगरौँ, जनताले स–साना कुरामा राज्यको साथ खोजेका छन्ः घिमिरे



कपिलवस्तु, २५ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ (१) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले जनताले स–सानो कुरामा राज्यको साथ खोजेको बताएका छन् । चुनावको बेला नेताले ठुला ठुला कुरा गरिरहेको आफूले पाएको भन्दै जनतालाई ती भ्रम र आवश्यकता नभएको उनले बताए ।
गाउँघरका धुला मैला बाटा बनून्, मालपोतमा घुससुस नहोओस्, कुलो नाली बनोस्, किसानले बिउ, मल पाऊन् । सुकुम्बासीले लालपुर्जा पाऊन्, आवश्यमता अनुसार सिंचाइ पाऊन्, ससानो रोजगारी पाउन्, स्थानीय सुरक्षा अंगबाट न्यायको प्रत्याभूति जनताले गरुन् । उनले भने, अधिकांस नेताकोे भाषण गरेको सुन्दा यी कुरा आउँदैनन् । ठुलाठुला कुरा गरेको सुनिन्छ । तर हामी केन्द्रित हुनुपर्ने यहाँनेर हो, तर छैनौँ । उनले भने ।
उनले आफू चुनावमा होमिँदा जनतामाझ यही कुरा गर्ने वाचा लिएर अघि बढेको बताए । आफू जनताकै घरदैलोमा हुर्केबढेको हुनाले सांसद बनेर पनि आफूले यी कुरा बिर्सेर कहिल्यै सुविधाभोग तर्फ नलाग्ने उनले बताए । यसपटक मुलकको आवश्यकता गठबन्धन रहेकाले गठबन्धनको सरकारलाई भोट दिन उनको आग्रह छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया