

तिलौराकोटमा थप उत्खनन्को काम थालियो





तौलिहवा । गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु गरिएको छ। यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले कात्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन् गरिरहेका छन्।
पी सी मुखर्जीले सन् १८९९ मा प्राचिन तिरौलाकोट दरबारको पूर्वी ढोका पत्ता लगाएका थिए। मुखर्जीले पत्ता लगाएअनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर ९मुड० रहेको र बाहिरी भागमा नदी लगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा वैज्ञानिक रुपमा अन्वेषण गर्न उत्खनन् शुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा। रविन कनिङ्घमले बताए। उनकै नेतृत्वमा उत्खनन् शुरु गरिएको हो। उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गरिने उनले बताए।
सन् २०१४ देखि यूनेस्को जापानीज फण्ड इन ट्रस्टले वैज्ञानिक रुपमा विभिन्न उपकरण प्रयोग गरी तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।
तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि कोषले पहल गरिरहेको बताउँदै उनले उत्खननबाट थप प्रमाणहरु भेटिने बताए। प्राचिन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचिन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन् गरिएको लुम्बिनी विकास कोषका पुरातात्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए। गत वर्ष उत्खनन् गरी छोपेर राखेको दरबार क्षेत्रको भग्नाशेषको पुनः उत्खनन् गरी बाँकी रहेका क्षेत्रहरुको अन्वेषण गरिने उनले बताए। गत वर्ष पूर्वी किल्लाका सहायक संरचनाबारे जियोफिजिकल ९भू–भौतिक० सर्वे गरिएको थियो। उक्त सर्वेक्षणमा पिसि मुखर्जी उल्लेख गरे अनुसारका संरचना देखिएको उप्रेतीले बताए।
पूर्वी किल्ला भित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इँट्टाको सइज, भाँडाकुँडाका टुक्रा, माटाका मूर्तिहरु, सिक्काहरु, कोइलाहरु, वनस्पतिका अवशेषहरुको वैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (वर्षको अवधि) निर्धारण गरिने पुरातत्व प्रमुख उप्रेतीले बताए। उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरी उत्खनन गरेर अनुसन्धान गरिएको छ ।
उत्खननमा पुरातात्व विभागका राम बहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेत लगायतको टोली खटिएको छ। उत्खनन् आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया