

नयाँ पुस्ता नविन सोच सहितको नारा लिएर उम्मेद्धार रायमाझी चुनावी अभियानमा



कपिलवस्तु । कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार प्रसारमा रहेका उम्मेद्धार धुव्र रायमाझीलाई मतदाताले खुलेर समर्थन गरेका छन् । राप्रपाका उम्मेद्धार रायमाझी कपिलवस्तु क्षेत्र नम्बर १ का बाणगंगाको ५ ,६ र शुदोधनगाउँपालिकाको वडा नम्बर ५ मा जनताका सुझाव सल्लाह ग्रहण गर्ने र अन्तर्किया गर्दै घरदैलोमा रहेका बेला नागरिकहरुले उनलाई स्वागत पनि गरेका छन् ।
निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउने उम्मेद्वार धुव्र रायमाझीले मतदाताले आफूसमक्ष जनताले राम्रो साथ र समर्थन जनाएको बताए । रायमाझीले आफू जनताको वास्तविक समस्यासँग नजिकबाट जोडिएको भन्दै प्रतिनिधि सभाबाट कपिलवस्तुका जनताको जीवनस्तर बदल्न योजनाबद्ध लाग्ने पनि बताए ।
राप्रपाको उम्मेदवारलाई मतदाताले उत्साहका साथ समर्थन गरेको र घरदैलोमा न्यायो स्वागत पाएको रायमाझीले बताउनुभयो । नीति र एजेण्डा लिएर युवा उम्मेदवार घरदैलोमा पुग्दा मतदाता धेरै उत्साहित भएको उम्मेदवार रायमाझीको तर्क छ । रायमाझीले नयाँ पुस्ता नविन सोच, युवा उद्यम र रोजगारीका लागि आफनो उम्मेदवारी भएको दावी पनि गर्नुभएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया