

धानको न्यूनतम समर्थन मूल्य निर्धारण


काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयअनुसार चालू आर्थिक वर्ष २०७९र०८० का लागि मोटा धान प्रतिक्विटल रु। दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु। तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा अनुसार गत आर्थिक वर्ष २०७८र०७९ को तुलनामा चालू आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मुल्य मोटा धानमा प्रतिक्विन्टल रु। दुई सय १५ र मध्यम धानमा प्रतिक्विटल रु। दुई सय २६ ले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विटन रु दुई हजार सात सय ५२ र मध्यम धानका लागि रु दुई हजार नौ सय दुई तोकेको थियो ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मुल्यअनुसार धान खरिद गर्नेछ । चालू आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने लक्ष्य छ । आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया