

कोईली पुल बन्ने भए पछि भलवाडवासी हर्षित, पुलमा राजनिति गर्न नहुने भलवाडवासीको भनाई





कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ र ९ जोड्ने बनगाई मोतिपुर भलवाड डोहोटे सडक खण्ड अन्तगर्तको कोईली पुल निर्माणले गति लिने भएको छ । करिव १ दर्जन नागरिकको ज्यान लिएको कोईली खोलाको पुल निर्माण नहुंदा दिनहुं हजारौ सर्वसाधारण ओहोरदोहोर गर्न निकै कठिन भएको थियो । अझ बर्षायामको बेला आउने बाढीले वारीपारीको सम्पर्क समेत अवरुद्ध हुने गर्दथ्यो ।
वि.स. २०७७ सालमा तत्कालीन प्रदेश सांसद बिष्णु पन्थीको पहलमा लुम्बिनी प्रदेश सरकारले डिपिआर तयार गरि सोहि बर्ष ठेक्का सम्झौता समेत भएको थियो ।
ठेक्का पश्चात ठेकेदारले प्रदेश सरकारबाट पन्थीकै पहलमा विनियोजित १४ करोड बजेट मध्ये ९ करोडमा ठेक्का लिएको थियो । निर्माण कार्य समेत सुरु भएको उक्त कोईली पुलको जग्गा विवादका कारण स्थानीयले अदालतमा मुद्धा दायर गर्दा निर्माण कार्य रोकिएको थियो ।
अदालतको अन्तिम फैसलाबाट रोकिएको निर्माणाधीन कोइली खोलाको पुलको अब पुनः निर्माणको काम सुरु हुने भएको छ ।
वाणगंगा ७ र ९ जोड्ने कोइली पुल बन्ने भए पछि भलवाड वासी खुसि छन् तर पुलमा राजनिति गर्न नसुहाउने पनि भलवाड वासी बताउन्छन् । सबैको नेतृत्व र पहलमा पुलको मुद्धा फैसला भएको उनिहरु बताउन्छन् । केहि दिन अघि भलवाड आएर चुनावी सभालाई सम्बन्ध गदैँ गठबन्धनका प्रतिनिधि सभा उम्मेदाव चक्रपाणी खनाल (बलदेव)ले पुलको मुद्धाको काम सकिएको र अबको केहि दिनमा पुल बनाउन अदालतले आदेश दिने बताएका थिए । त्यसको ७÷१० दिनमै अदालतले पुल बनाउने बाटो खोलि दिएको छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया