

निर्वाचनका लागि कपिलवस्तुमा ३५ सय बढी कर्मचारी खटिदै





कपिलवस्तु । कपिलवस्तुमा मंसिर ४ का लागि खटिने कर्मचारीको नामावली आज सार्वजनिक गरिएको छ । जिल्लाभर मतदान सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले नामावली सार्वजनिक गरेको हो ।
जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी पाँच जना सहित एक एक जना सहयोगी कर्मचारीलाई खटाउने भएको छ । यसरी कपिलवस्तु जिल्ला भर कुल ३ हजार ५ सय ८४ जना कर्मचारीहरु खटिने जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीले जानकारी दिनुभयो ।
यस्तै यता निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै कुल एक हजार तीन सय ६८ जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत शिव प्रसाद पराजुलीले बतउनुभएको छ । यस्तै निर्वाचनमा खटिएका कर्मचारीहरु मध्ये हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई बुधबार नियुक्ति पत्र दिइने छ भने बिहिबार देखि तालिम प्रदान गर्ने तयारी गरिएको छ ।
कपिलवस्तुको क्षेत्र नम्बर १ मा एक सय एकहत्तर बुथ रहेका छन् । हरेक बुथमा एक खटिने कर्मचारीलाई बुधबार नियुक्ती पत्र दिइने छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया