

पाल्पामा देउसीभैलोबाट उठेको रकमले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइयो



पाल्पा । पाल्पामा देउसीभैलोबाट उठेको रमकले आँखा नदेख्ने विद्यार्थीलाई एक छाक खाना खुवाइएको छ ।
विशाल बजार तानसेन पाल्पाको देउसीभैलो समूहले दमकडा नमुना विद्यालयका आँखा नदेख्ने २४ जना विद्यार्थीलाई एक छाक खाना खुवाएको समूहका संयोजक बृहस्पति राना मगरले जानकारी दिनुभयो ।
देउसीभैलोबाट उठेको एक लाख बढी रकमबाट छुट्याएको १६ हजार रुपैयाँ दृष्टिविहीन विद्यार्थीलाई खाना खुवाउँदा खर्च भएको जानकारी दिँदै संयोजक रानाले अन्य पैसासमेत यस्तै सामाजिक हितमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागी विशाल बजारका समाजसेवी डिलबहादुर रानाले विद्यार्थीका लागि ६ हजार, विद्यालयको अक्षयकोषका लागि कालिका फेसहाउस तानसेनका सञ्चालक धनबहादुर बुढाथोकीले १० हजार र विशाल बजारकै धर्म गाहाले ६ हजार रुपैयाँ नगद विद्यालयका प्राचार्य मोहन सापकोटालाई हस्तान्तरण गर्नुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया