

मतदाता भेटघाटमा सक्रिय छन उम्मेद्धार खनाल र घिमिरे





कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्धारले सोमवार बाणगंगा ४ का मतदाता भेटघाट गरेका छन् । मतदाता भेटघाटमा रहेका उम्मेद्धारहरुले जिल्लाको समग्र विकासका लागि यसपटक गठबन्धनका उम्मेद्धारलाई मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाका उम्मेद्धार चक्रपाणी खनाल बल्देव र प्रदेश सभा क का उम्मेद्धार डोलकराम घिमिरेले जिल्ला र वडाको विकासका लागी आफूहरु जनताका मागहरुमा प्रतिबद्ध रहने भन्दै जनताको साथ पाउनेमा विश्वास पनि व्यक्त गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेले जितेको बाणगंगामा खास प्रगति हुन नसकेको भन्दै मतदाताले समेत यसपटक सांसद छान्दा मत बदल्ने प्रतिक्रिया दिएका थिए । नागरिक स्तरबाट आएका अभिव्यक्तिले लोकतान्त्रीक गठबन्धनको जित हुने निश्चीत भएको बाम लोकतान्त्रीक गठबन्धन प्रचार प्रशार समितिले दाबी गरेको छ ।
हाल कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बल्देव उम्मेद्धार छन भने लुम्बिनी प्रदेश सभाका लागि प्रदेश सभा क बाट कांग्रेसका डोलकराम घिमिरे र ख बाट जसपा छोडेर कांग्रेसबाट टिकट लिएका सहसराम यादव रहेका छन् । उम्मेद्धारहरु सबैले घरदैलो र मतदाता भेटघाटमै आफ्ना चुनावी अभियानलाई केन्द्रित गरेका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया