

कपिलवस्तु २ : राप्रपाकी सबिता शर्मा घरदैलोमा व्यस्त



कपिलवस्तु। आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि देशभर उम्मेद्धारहरु घरदैलो, मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसारमा सक्रिय छन्।
निर्वाचनको मिति नजिकिदै गर्दा यता कपिलवस्तु जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि राप्रपाबाट उम्मेद्धारी दिनुभएकी नेतृ सबिता शर्माले आफ्नो चुनावी महोल बनाउन धमाधक मतदाताको मन जित्नेगरी आफ्ना एजेण्डाहरु घरघरमा पु¥याउने काममा सत्रिय बन्नुभएको छ । निर्वाचन क्षेत्रका मतदाताका घरघरमा पुगेर उहाँले हिन्दु राष्ट सहितको राजसंस्था बनाउने र जनताका सबैखाले समस्याको निराकरणका लागि यसपटक राप्रपामा भोट दिन आह्वान गरिरहनुभएको छ । किसनलाई समयमै मल बिउ र सिँचाईको व्यवस्थापन गर्ने , स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो मुख्य उद्धेश्य समेत रहेको उहाँको भनाई छ ।
कपिलवस्तुमा राप्रपामा यतिबेला जनताको विश्वास बढीरहेकाले यसपटक २ नम्बर क्षेत्रबाट आफूले जित्नेमा पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।जिल्लाको विकासमा पुराना नेतृत्व र उम्मेद्धारहँरुले खासै पहल गर्न नसकेका कारण यसपटक आफूले उम्मेद्धारी दिएको समेत उहाँले बताउनुभयो ।
लामो समय अध्ययनको सिलशिलामा जापानमा बस्नुभएकी उम्मेद्धार शर्मा हाल भने जापानको विकास निति र यहाँ पनि गर्न सकिने सम्भावनाको खोजीमा आफू रहेको बताउनुहुन्छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया