

बल्देवसँग प्रश्न गर्न नदिएपछि यसरी गर्जिए उम्मेद्धार शर्मा (भिडियो सहित)





कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनमा आमनेसामने भएका दुई उम्मेद्धार बिच एउटै मञ्चमा जम्काभेट भएको छ । पत्रकार ऋषि धमालाको निर्वाचन महासंग्राम विषयक कपिलवस्तुमा आयोजित कार्यक्रममा शनिबार सत्तारुढ गठबन्धनका साझा उम्मेद्धार चक्रपाणी खनाल बल्देव सँग खुल्ला प्रश्नमा उत्रिएका अर्का उम्मेद्धार इन्जिनीयर देबेन्द्रकुमार शर्मालाई बल्देव समर्थकहरुले प्रश्न गर्न निदएपछि उनी कार्यक्रमको क्यामेरा अगाडी नै उत्रिएका हुन ।
शनिबार कपिलवस्तुको बाणगंगामा धमलाले आयोजना गरेको उक्त कार्यक्रम छायाङकनका क्रममा हाम्रे नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएका प्रतिनिधि सभाका उम्मेद्धार इन्जिनियर शर्माले प्रश्न गर्न खोेजेपछि उनलाई सोही पदको उम्मेद्धार भएको भन्दै बल्देव समर्थकहरुले रोक्न खोजेका थिए । त्यस पछि उनलाई पत्रकार धमलाले स्टेजमै बोलाए पछि भने उम्मेद्धार शर्माले आफू कसैको पनि बिरोधमा उम्मेद्धार नबनेको स्पष्ट पार्दै भने, मेरो उम्मेद्धारी उहाँ बिरुद्ध होइन म अन्धकारमा रहेको जिल्लालाई उज्यालोमा ल्याउन उम्मेद्धारी दिएको हुँ । शर्माले यसो भनिरहँदा गठबन्धनका उम्मेद्धार खनालले समेत उनको भनाइलाई टाउको हल्लाउदै सहीमा सही थपेका थिए । उम्मेद्धार शर्माले भने, तपाईले मलाई जे प्रश्न गरे पनि गर्नुस म जवाफ दिन तयार छु । तपाईहरुले मलाई साथ दिनुस वा नदिनुस तर मेरो उम्मेद्धारी अब आउने पुस्तालाई अन्धकारमा पर्न दिदैन भनेर हो । मेरो उम्मेद्धारी उहाँहरुको बिरोधमा होइन फेरी ।
उनले आफ्नो उम्मेद्धारी कपिलवस्तुको विकासका लागि भएको समेत बल्देवकै अगाडी बोलेका छन् । पूर्व मन्त्री समेत रहेका खनालका अगाडी प्रत्यक्ष प्रशासर सहितको कार्यक्रममा शर्माले लुम्बिनीमा आउने पर्यटक कपिलवस्तुमा किन आउँदैनन भन्दै प्रश्न समेत गरेका छन् । उनले आफु विकासको लागि इन्जिनियरीङ पढेको भन्दै निर्वाचनबाट बिजयी भएर जिल्लाको विकास गर्ने समते दाबी गरेका छन् ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया