

जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री



काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर प्रतिबद्धता सार्वजनिक गरेको छ । जसपाले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जसपाले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरू छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख छ । जसपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकतालाई पनि उल्लेख गरिएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जसपाको दाबी छ ।
विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि पाँच वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकलाई गरिबीबाट मुक्त गर्ने विषय पनि जसपाले समेटेको छ ।
जसपाले दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने प्रतिबद्धता जनाएको छ । एक गाउँ, एक उत्पादनको नीति लागू गरी कृषि उत्पादन बढाउनुको साथै पालिकाभर कृषिबाली बिमा अभियान सञ्चालन गरी प्रकोपजन्य अवस्थाबाट हुने बाली नोक्सानीको सोध भर्नाको प्रबन्ध गरिने जसपाको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै देशभित्रै रोजगारी सृजना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैंकको स्थापना र शिक्षित बेरोजगारलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने र बेरोजगार नागरिकलाई भत्ताको व्यवस्था गर्ने पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया