

उम्मेद्धर पन्थीलाई मतदाताले गरे स्वागत



कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसारमा क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थी मतदाताको घरघर पुगेका छन् । घरघरमा मत माग्न पुगेका पन्थीलाई भेट्दा मतदाता खुशी भएका छन् । उनीहरु खुशी मात्र होइनकी पन्थीलाई बोलाउनुपर्ने माग राख्दै स्वागत समेत गरेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ केबलपुरका जनताले विष्णु पन्थीलाई भेट्दा धेरै खुशी भएका हुन् । उनीहरुले विगतको कोभिड महामारीको क्रममा किसानको समस्या समाधानको लागि घरमै पुगेका थिए । लकडाउनका कारण आवातजावत ठप्प भएका बेला पन्थी किसानको घरमै पुगेर ढाढस दिएका पन्थीलाई भेट्दा थप खुशी भएका थिए । आफनो तरकारी नबिकेर खेतबारीमै खेर फाल्नु परेको अवस्थामा पन्थी किसानका घरघरमा पुगेर नविकेको तरकारी बिक्री गर्ने कार्यमा पहल गरेका हुन् । तत्कालिन समयमा कोभिडको महामारी फैलिएकाले किसानले आफुले उत्पादन गरेको तरकारी बजार पु¥याउन मुस्किल थियो भने कतिपय अवस्थामा आवात जावतमा समेत रोक लगाइएको अवस्था थियो ।
तत्कालिन प्रदेश सभा सदस्य विष्णु पन्थीले केवलपुरका किसानको खेतबारीमै पुगेर उनीहरुको दुखमा साथ दिएका थिए । किसानको खेर गइरहेको तरकारी विक्रीका लागि सांसद पन्थीले व्यवस्था मिलाएको घटना मतदाताले सम्झिरहेको बताए । ‘लाखौंको तरकारी खेतबारीमै खेर जाने अवस्था थियो, किसान गोविन्द बराईले भने, कोभिडका कारण तरकारी विक्री गर्न जान पाइदैनथ्यो’ । किसान राधे मल्लाहले भने, लाखौंको तरकारी विक्रीका लागि बजार लैजान बजार बन्द थियो र स्थानीय तहले बाहिरका तरकारीलाई समेत रोक लगाएको थियो, हामी पीडित भएका थियौं । त्यस्तो कठिन अवस्थामा सांसद पन्थीले हाम्रो घरमा आएर तरकारी विक्रीको प्रवन्ध मिलाइएको हामीले भुलेका छैनौं ।
कोभिडको संकटमा पन्थीले कोभिडको कुनै प्रवाह नगरी कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकाका किसानका खेतवारीमा पुगेर नष्ट हुन लागेको तरकारी विक्री गरिदएकोले दुखको अवस्थामा साथ दिएको भन्दै मतदिने मतदाताले बताएका छन् । त्यस्तै पन्थीले कोभिड महामारीको समयमा संक्रमित भई घरमै बसेकालाई भेटी मनोवल उच्च गराएका थिए भने विरामीलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजान पहल गरेका थिए ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया