

सबैको साझा बनेर काम गर्ने छु : डोलकराम घिमिरे





बाणगंगा। कपिलवस्तु १ प्रदेश सभा ‘क’ का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले चुनाव जिते पछि सबैको साझा भएर ताजा ताजा काम गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) बाणगंगा नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् ।
‘राष्ट्रिय आवश्यकताले गठबन्धन भएको हो । नेपाली कांग्रेसले आफूलाई नै उम्मेदवार बन्ने मौका दिएको छ । चुनाव जिते पछि कुनै दलको मात्र नभई सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाउँदै उनले बैठकमा भने, ‘यो पटक भोट दिएर जिताउनुहोस् ।’
आफ्नो सिंगो जीवन राजनीतिमा समर्पित भएको भन्दै कसै प्रति राजनीति भेदभाव गर्ने आफ्नो व्यवहार नभएको उनले बताए । उम्मेदवार नहुदै पनि आफू सबैको साझा भएर समाजसेवा गरेको उनले जनाए । कपिलवस्तुमा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै आ(आफ्ना पुराना तिक्तता भुलेर साझा उम्मेदवारलाई भोट दिन उनले आग्रह गरे । राजनीति प्रति समाजमा यदाकदा वितृष्णा जागेको आफूले देखेको भन्दै राजनीति नै सच्चा समाजसेवा रहेको उनले बताए ।
राजनीतिमा सुधार आवश्यक रहेको भन्दै आफूले चुनाव जितेर संसदमा प्रवेश गरे ०४६ यताका प्रत्येक उच्च पदस्थ कर्मचारी, मन्त्री, सांसदहरुको सम्पत्ति छानविनको आवाज उठाउने उनले बताए । बैठकमा एकीकृत समाजवादीका नेताहरुले गठबन्धनका उम्मेदवारलाई कुनै पनि हालमा जिताउने गरी लाग्ने प्रतिवद्धता जनाएका थिए ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया