

आयोगले कस्ता कर्मचारीलाई खटाउँदैन चुनावमा





काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ।साथै उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने पनि उनीहरू आफन्त उम्मेदवार भएका क्षेत्रमा खट्न पाउँदैनन्।
जनशक्ति व्यवस्थापन निर्देशिकाले कार्यालयको सुरक्षामा खटिएका सुरक्षा गार्ड, पहरा बस्ने कर्मचारी र स्वास्थ्य, बिजुली, टेलिफोन, बैंक, वारूणयन्त्र, खानेपानीजस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई पनि चुनावमा नखटाउने भएको छ।
यदी उनीहरूलाई चुनावमा खटाउने हो भने वैकल्पिक जनशक्तिको व्यवस्था गर्नुपर्छ। आयोगले चुनावका लागि सुरक्षाकर्मीबाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालन गर्दैछ। आयोगले चुनावमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था छ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया