
ट्वीटरका संस्थापक डोर्सीले ल्याए नयाँ सामाजिक सञ्जाल

काठमाडौं
माइक्रोब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटरका संस्थापक ज्याक डोर्सीले नयाँ सामाजिक सञ्जाल घोषणा गरेका छन् । ट्वीटरका पूर्व सीईओ समेत रहेका डोर्सीले हालै बेटा भर्सनका रूपमा ल्याएकाे ब्लुस्काई साेसल एपमा ३० हजार बढी साइनअप भइसकेको छ ।
ब्लुस्काईले दिएको जानकारी अनुसार यसमा क्रियटरलाई प्लेटफर्मकाे स्वतन्त्रता, डेभलपरलाई निर्माण गर्ने स्वतन्त्रता र प्रयोगकर्ताले उक्त प्लेटफर्मबाट चाहे अनुसारको अनुभव लिन सक्नेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गिजमोडोका अनुसार ब्लुस्काईको प्रमुख विशेषता नै यसको प्रविधि हो ।
यसलाई कम्पनीले अथेन्टीकेटेड ट्रान्सफर अर्थात् एटी प्रोटोकल भनेको छ । जसले प्रयोगकर्तालई उनीहरूको एल्गोरिदममा पूरा नियन्त्रण दिने गर्छ । डोर्सीले सन् २०१९ मा नै ट्वीटरले सामाजिक सञ्जालका लागि ओपन तथा डिसेन्ट्रलाइज्ड स्ट्यान्डर्ड विकास गर्न लागेको घोषणा गरेका थिए ।
मस्क र ट्वीटरबीचको कानूनी लडाइँका क्रममा सार्वजनिक भएको डोर्सी र मस्कबीचको गोप्य च्याटमा डोर्सीले नयाँ प्लेटफर्म आवश्यक भएको बताएका थिए । उनले नयाँ सामाजिक सञ्जाल कम्पनी नहुने र यसमा ओपन सोर्स प्रोटोकल रहने बताएका थिए ।
यो सिग्नल एप जस्तै भए पनि विज्ञापन मोडेलमा नरहने उनको भनाइ थियो । डोर्सीले अन्य सहसंस्थापक सहित २००६ मा ट्वीटर विकास गरेका थिए । उनी सन् २०१५ बाट २०२१ सम्म ट्वीटरमा सीईओका रूपमा कार्यरत थिए । उनले सीईओ पद त्यागेपछि सीटीओका रूपमा कार्यरत पराग अग्रवाल ट्वीटरका नयाँ सीईओ बनेका थिए ।
ट्वीटर मस्कको स्वामित्वमा भएपछि उनले पराग अग्रवालसहित शीर्ष कर्मचारी बर्खास्त गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया