

कपिलवस्तुमा हर्षाेउल्लासका साथ मनाइयो छठ पर्व


कपिलवस्तु । तराई र मुलुकका विभिन्न भागमा हर्सोल्लासका साथ मनाइने छठ पर्व कपिलवस्तुमा यसवर्ष पाँच हजार बढीले सामुहिक पूजा गरी मनाएका छन् ।
पछिल्लो समय छठ हिन्दुहरूको ‘साझा चाड’ मा रूपान्तरण हुँदै गएको छ। छठ पूजामा पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता हुन थालेको छ।
कपिलवस्तुमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका १ चपरतल्लास्थित सझीया घाटका रूपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पूजाआजा गर्दै छठ पर्व मनाइएको हो। रामघाट र जमुहार नदीमा ५ हजार बढीले छठको सामूहिक पूजा गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ।
यस्तै कृष्णनगर, बहादुरगन्ज लगायतका स्थानका पोखरीमा भक्तजनले सूर्यको पूजापाठ गरी सामूहिक रूपमा छठ पर्व मनाएका हुन्। यस वर्ष गत वर्षको तुलनामा भक्तजनको संख्या दोब्बर थियो। रामघाट नदीवारि र पारि दुवैतर्फ पूजाका लागि भक्तजनको भीड लागेको छ।
यस वर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए। भक्तजन जम्मा भएर सामूहिक रूपमा पूजासमेत गरेका थिए। पूजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदाय सहभागी थिए। विशेष पूजाका अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया