

घरजग्गा कारोबारमा भारी गिरावट



काठमाडौँ
घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।
गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ । गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाडौँको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पारित भएको छैन ।
आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया