
फेसबुकले निस्क्रिय बनायो एमआरआर ग्रुपलाई

काठमाडौं
चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई फेसबुकको सन्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको छ । फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो ।
सुरुमा युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने एमआरआर पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा यसलाई निस्क्रिय बनाइएको यो ग्रुपका सन्चालकले आकलन गरेका छन् ।
यसका एकजना एडमिनले फेसबुक एआईले एमआरआरलाई निस्क्रिय गराएको जानकारी दिएका छन् । तर कुन पोष्ट र कमेन्टले ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको हो भनेर देखाउनुपर्नेमा त्यस्तो पनि नदेखाइएको उनको भनाइ छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो । कतिपयले यो कार्य उक्त छलफलसित समेत जोडिएको हुनसक्ने ठानेका छन् । उक्त ग्रुपलाई अहिले पुनः निस्क्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सन्चालकले जनाएका छन् ।
एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह ९बालेन०लाई जिताउन सक्रिय भएको थियो । ठूलो संख्यामा युवाहरु समावेस भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।
एमआरआर फेसबुक ग्रुप यसअघि सन् २०२० मा पनि कारबाहीमा परेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया