
बालिका बलात्कार आरोपमा फरार व्यक्ति १० वर्ष पछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १० वर्षअघि ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् ।
वि.स. २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका वडा नम्बर ६ साविक जुकेना गाविस ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरि फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।
जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनुभयो । शितगंगा नगरपालिकाको वडा नं। ४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया