

‘महापुरुष’लाई सुखद सुरुवात



शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले सुखद सुरुवात पाएको छ।
तिहारको अवसरमा पारेर प्रदर्शनमा आएको फिल्ममा पहिलो दिन सबैजसो शोमा ९० देखि सय प्रतिशतसम्मको दर्शकको उपस्थिति थियो भने शनिबार पनि दर्शकको उपस्थिति उत्साहजनक रहेको छ।
‘महापुरुष’ जात्रा, शत्रु गते र जात्रै जात्रा जस्ता व्यावसायिक रूपमा सफल फिल्म दिएका प्रदीप भट्टराईको निर्देशन रहेको चौथो फिल्म हो। पहिलो दुई दिन दर्शकको उपस्थिति र प्रतिक्रिया हेर्दा प्रदीपको हिट लिस्टमा अर्को फिल्म थपिने देखिएको छ।
फिल्मले पहिलो दिन झण्डै एक करोडको कमाइ गरेको थियो भने शुक्रबार र शनिबार गरेर दुई करोडको आँकडा छुने अनुमान गरिएको छ। निर्माण टोलीले औपचारिक रूपमा बक्स अफिस कलेक्सनको तथ्यांक भने सार्वजनिक गरेको छैन।
सामाजिक कथामा आधारित फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अरुण र अञ्जनाको यो पहिलो फिल्म हो।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया