

कांग्रेसको चुनावी घोषणा पत्र भोलि



काठमाडौं
आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले भोलि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न शुरु गरेको सत्ता गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने जनाइएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणपत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ ।
‘निरन्तरतमा नवीनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहारअघि नै सार्वजनिक गर्ने भनिए पनि चाडलाई मध्यनजर गर्दै पछाडि धकेलिएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि शनिबार घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
उनले समय भने तय भइनसकेको बताए । यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बनेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने कांग्रेसले सार्वजनिक गरेपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसको घोषणापत्र हेरेर त्यसलाई काउन्टर दिने गरी थपघट गर्नका लागि एमालेले कांग्रेसले घोषणापत्र जारी गरेपछि मात्रै सार्वजनिक गर्ने रणनीति बनाएको बुझिएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया