

तिहारको मुखमा धान भित्राउने चटारो





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु सहित तराईका जिल्लामा यतिबेला किसानलाई तिहारको मुखमा वर्ष दिन खाने खेति धानबाली भित्राउने चटारो छ । दशैँको मुखमै पाकेर काट्न योग्य रहेको धान लगातार परेको वर्षाले केही क्षेती पु¥यायो भने हाल मनसुन बाहिरीएसँगै कृषकहरु खेतबारीमै व्यस्त हुने गरेका छन् ।
रोपाइका बेला पानी नपरेर चिन्तामा परेका किसान धान स्याहार्ने बेलामा परेको अविरल वर्षाले यपटक पनि गत वर्ष जस्तै हुने होकी भन्ने चिन्तामा थिए । यसपटक भने धान नकाट्दै पानी परेका कारण त्यति नोक्सानी हुन पाएन । कपिलवस्तुको बाणगंगा सहितका अन्य स्थानीय तहमा पनि लगाएको धानबाली भित्राउन किसानलाई यतिबेला चटारो छ ।
यस वर्ष कपिलवस्तुमा धान उत्पादन अघिल्लो वर्ष भन्दा राम्रो छ । गत वर्ष वर्षाले खेतमै सडेका धान यस वर्ष राम्रै भित्राउन पाउन किसान पनि खुसी छन् तर मन भने गत वर्ष जस्तै वर्षा हुने होकी भन्ने डर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्ष नेपालबाट मनसुन बाहिरीसकेको छ । छिटफुट केही स्थानमा सामान्य वर्षा भए पनि धानबालीलाई असर पुग्ने खालको पानी अब नपर्ने जनाइएको छ ।
कपिलवस्तु जिल्लामा कुल खेतीयोग्य जमिनको ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यसवर्ष जिलाभर करिब २ लाख ८६ हजार टन धान उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमूख डा. रबिन्द्रनाथ चौवेका अनुसार प्रतिहेक्टर क्षेत्रफलमा ४ टन धान उत्पान हुने अनुमान गरिएको छ । यस वर्षको किसानले लगाएका सबैखाले धानका जातको उत्पान राम्रो मानिएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम












प्रतिक्रिया