बाणगंगामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना : २ काे मृत्यु, आधादर्जन घाइते

कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिदैं दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षक दिपकबाबु केसीले ई साझाकुरासँग बताए ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेको प्रहरीले जनाएको छ । यस्तै स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ । ईनिस्पेक्टर केसीका अनुसार घटनाको आवस्यक अनुसन्धान भइरहेकाे जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै