आजबाट सत्ता गठबन्धनको प्रादेशिक भेला , कहाँ कहिले ?

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आजबाट निर्वाचन लक्षित भेला सुरु गर्दैछ । गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।

सोही निर्णयअनुसार गठबन्धनले शुक्रबार पोखरामा भेला गर्दैछ । भेला ११ बजे सुरु हुनेछ । गठबन्धनले आजै बुटवलमा पनि भेलाको आयोजना गर्दैछ । भेला दिउँसो २ बजे सुरु हुनेछ ।

त्यस्तै, गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा भेलाको आयोजना गर्दैछ ।

गठबन्धनले ७ कात्तिकमा काठमाडौंमा भेलाको आयोजना गर्ने तालिका तयार पारेको छ ।

प्रतिक्रिया

खबर सबै