

अहिलेको गठबन्धन सिट प्राप्तिका लागि मात्रै होइन : बल्देव



कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता तथा सत्तारुढ गठबन्धनबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि उम्मेद्धार बनेका चक्रपाणी खनाल बल्देवले अहिलेको गठबन्धन सिट प्राप्तिका लागि मात्रै नभएको दाबी गरेका छन् । उनले चुनाव चिन्ह जनुसुकै भए पनि त्यसले खास अर्थ नराख्ने बरु मतदाताले दिने मतले अर्थ राख्ने भएकाले जुनसुकै चुनाव चिन्ह भए पनि सही र सक्षम नेतृत्व चिनेर मतदान गर्नु पर्र्ने बताए ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा बुधबार अर्घाखाँची कपिलवस्तु सम्पर्क समाज समितीद्धारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दे नेता बल्देवले सत्ता गठबन्धनका उम्मेद्धारले जुनसुकै पार्टीको चुनाव चिन्ह लिएको भए पनि चिनेर मतदान गर्न आग्रह गरेका हुन ।
उनले गठबन्धन अहिले चुनाबका लागि मात्र बनेको गठबन्ध नभई आगमी पाँच वर्षको स्थायी सरकार निर्माण र विकासको कामका लागि बनेको गठबन्धन रहेको दाबी पनि गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ र अर्घाखाँची जिल्लाका संयुक्त लोकतान्त्रीक गठबन्धनका उमेद्धवारहरुको उपस्थीती रहेकोको कार्यक्रममा अर्घाखाँची जिल्लामाबाट बसाई सराई गरेर आएका नागरिकहरुको उपस्थित रहेको थियो ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया