

नेकपाकाे नवाैँ महाधिवेशन : महासचिवमा विप्लवलाई नै जिम्मेवारी



कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुमा भएको नवौं महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः चयन गरेको छ ।
विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण केन्द्रीय समिति निर्वाचित गरिएको छ ।
८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ जना पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।
४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरूमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ । महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।
प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निर्माण गरेको छ ।
पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समितिसहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया