

प्यूठानका पहिरो पीडितहरु थप पिडामा


प्यूठान । माथिबाट पहिरो झरेर गाउँ नै जोखिम परेपछि प्यूठानको ऐरावती गाउँपालिका तिघ्रापाताल कि सावित्रा सुनार एक सातादेखि घरमा छैनन् । पहिरोको त्रासले सुनार जस्तै २३ घरपरिवारले पदमोदय मावि धुवाङमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुसँग अहिले रेडक्रसले बाँडेका भाँडाकुँडा, पाल बाहेक अरु केही छैन ।
सावित्राको जस्तै स्थिति छ माण्डवी गाउँपालिका–२ धनचौरका ३४ वर्षिय हरि सुवेदीको पनि । पहिरोका कारण घरबारबिहीन भएपछि आफूहरु छिमेकीको घरमा बस्न बाध्य भएको बताए । ‘हामी बस्दै आएको घर पहिरोले बगायो,’ सुवेदीले भने, ‘घर बनाउनलाई जग्गा पनि सङ्ग्लो छैन । कतिन्जेल अरूकोमा गएर गुजारा चलाउने ?’
उनले सरकारले घर बनाउन जग्गा दिए ठूलो राहत मिल्ने बताए । उनका अनुसार सुवेदी जस्तै धनचौरका ५० बढी घर बिस्थापित भएका छन् । असोजको तेस्रो साता आएको बाढीपहिरोबाट विस्थापित भएका बाढी पहिरोपीडितहरू अझै आफन्त र छिमेकका घरमा गएर गुजारा चलाउन बाध्य छन् ।
केही भने विद्यालय र पालहरुमा बस्दै आएका छन् । पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ । माण्डवी र ऐरावती गाउँपालिकामा सवैभन्दा धेरै क्षति भएको स्थानीय प्रशासनले बताएको हो। एकिन तथ्याकं नभए पनि बाढी पहिरोले प्यूठानमा ८५ घर परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया