

मन्त्री चौधरीले ‘चामल बाँडेको’ भन्दै आयोगले सोध्यो स्पष्टीकरण



काठमाण्डौ । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो ।
‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?’, भनी आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा बाढी पीडितको नाममा चामल बाँड्दा आयोगको पूर्वसहमति लिनुभएको छ कि छैन भनेर पनि आयोगले सोधेको छ । ‘विपदको अवस्थामा राहत वितरणसम्बन्धी काम गर्दा नेपाल सरकारको मन्त्री नै जानुपर्ने कुनै कानुनी बाध्यता थियो, थिएन ?’ भन्ने प्रश्न गर्दै यस विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ







प्रतिक्रिया