

कपिलवस्तु १ मा गठबन्धन उम्मेद्धारद्धारा सम्पर्क कार्यालय स्थापना



कपिलवस्तु । सत्ता गठबन्धनका उम्मेद्धारहरुको चुनावी प्रचार प्रसार र कार्यक्रताहरु बिचको सम्पर्क स्थापनाका लागि गठबन्धनले कपिलवस्तु क्षेत्र नः १ (क) मा सम्पर्क कार्यलय स्थापना गरेको छ ।
आउँदो मंसिर ४ को निर्वाचन लक्षित सो कार्यालय बाणगंगा नगरपालिका स्थित चार नम्बरमा स्थापना गरीएको हो । कार्यालयको प्रतिनिधि सभाका उम्मेद्धार चक्रपाणी खनाल बल्देवले उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन पछि बलदेवले गठबन्धनले जितेमा देशले बिकासमा गति लिने दाबी पनि गरे । उनले कपिलवस्तुमा गठबन्धनमा देखिएको बिवाद तिहारभित्र मिल्नेमा बिश्वास ब्यक्त गरेका छन ।
त्यस्तै सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नः १ (क) का उम्मेदवार डोलकराम घिमिरेले कृषि, शिक्षा, पर्यटन क्षेत्रको बिकासमा आफुले नेतृत्वदायी भुमिका खेल्ने बताए ।
त्यस्तै कपिलवस्तु गठबन्धन परिचालन समितिका संयोजक अत्तहर कमाल मुसलमानले कांग्रेसभित्र बसेर घात गर्नेलाई कारबाही हुने बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनमोर्चाका नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया