

अर्घाखाँचीमा वर्षाले ल्याएको वितण्डा : १ सय ११ परिवार विस्थापित


अर्घाखाँची । एक सातासम्म परेको अविरल वर्षाका कारण अर्घाखाँचीमा दुई सय बढी घरमा क्षती पुगेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लाभर पुर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो । यस मध्ये २० ओटाघर बस्नै नमिल्ने गरि भत्किएका जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।
उनका अनुसार सन्धिखर्क, शितगंगा, मालारानी, छत्रदेव र पाणिनीमा अहिले पनि १ सय ११ घरपरिवार विद्यालय , र प्रतिक्षलयमा बसेका छन् । पहिरोको जोखिममा परेर सार्वजनिक स्थानमा बसेका नागरिकलाई स्थानियतहले न्युनतम खाद्यान्न उपलब्ध गराउने र विस्थापितलाई पायक पर्ने ठाउँमा बसाल्ने ठाउँको खोजि गरी छिट्टै व्यवस्थापन गरीने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
यस्तै सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्। उनीहरू अहिले विद्यालयमा बसेका छन्।
पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका १६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए । उनीहरूलाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् । यि दलित परिवार पनि २ सय भित्रै पर्छन । पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिए।
यस्तै सन्धिखर्कका एकजना बालक खोलाले बगाउँदा अझै बेपत्ता छन् । असौज १९ गते टिकाको दिन खोलाले बगाएका सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खाँचीकोट किटेनी निवासी १० वर्षीय समिर पौडेललाई स्थानिय फर्ज्याङ खोलाले बगाएको थियो । उनी आज सम्म भेटिएका छैनन् ।
यस्तै छत्रदेवमा १ जनाको खोलाले बगाएर मुत्यु भएको छ । यही असौज २५ गते स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर–३ का ६५ बर्षिय धन बहादुर घर्तीको मृत्यु भएको थियो । पहिरोले केहि पशुचौपाया र कुखुरा समेत मरेका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया