

प्रदेश सभामा एकल बहुमत कठिन



काठमाडौं
आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ । सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।
२०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो । हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन् । विभाजित दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा एमाले कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो ।
गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमाले २०५ स्थानीय तहको प्रमुख पदमा सीमित हुन पुग्यो । कांग्रेसले ३२९ स्थानीय तहको प्रमुख पद जिते पनि एकल बहुमत आउने गरी उसले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको छैन ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया