

अर्घाखाँची : पहिरोपछि ४१ परिवार विद्यालयमा


अर्घाखाँची
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् ।
पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् ।
गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो ।
विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सी खनालले बताउनुभयो ।
पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।
अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो ।
पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताउनुभयो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया