

कपिलवस्तु १ मा गठबन्धनले बनायाे चुनाव प्रचारप्रसार समिति





कपिलवस्तु । कपिलवस्तुमा सत्ता गठबन्धन दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । प्रचार प्रसार सुरुभएसँगै कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनले प्रचार प्रसार समिति गठन गरेको छ । सत्ता गठबन्धनका नेताहरुको संयुक्त बैठकले नेपाली कांग्रेस कपिलवस्तु १ (क) का प्रदेश सभापति दुर्गा बहादुर कुँवर (दुर्गा के.सी.)को संयोजक्तवमा १५ सय ५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो । उक्त समितिमा सत्ता गठबन्धमा आबद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र राष्ट्रिय जनमोर्चाका टोल, वडा, नगर र प्रदेश कमिटी तथा समितिका पदाधिकारी तथा सदस्यहरु रहने गरी १५ सय ५१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक तथा चुनावी कमाण्डर दुर्गा के.सी.ले जानकारी दिए । के.सी.ले सत्ता गठबन्धनको मर्म र भावना अनुरुप सत्ता गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन आफूहरुले कुनै कसर नछाड्ने बताए ।
के.सी. चुनावी कमाण्डर रहेको समितिको सदस्यहरुमा बाणगंगा नगरपालिकाका निमर्तमान मेयर मंगल प्रसाद थारु, टोप नारायण बेल्बासे, सोमनाथ अर्याल, गणेश बहादुर क्षेत्री, सरजु चौधरी, हुमराज खनाल, राम प्रसाद बेल्बासे, दल बहादुर थापा रहेको माओवादी केन्द्रका नेता हुमनाथ पौडेलले जानकारी दिए ।
बैठकले गठबन्धनलाई जिताउन नगर तथा वडाका तहका समितिहरुसगं सहकार्य गर्दै प्रचार प्रसारका कार्य गर्ने निर्णय भएको एकिकृत समाजवादीका राम पौडेलले जानकारी दिए ।
बैठकले यही असोज २८ गते शुक्रबार बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको राष्ट्रीय जनमोर्चा पार्टीका नेता शशि सापकोटाले बताए ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रका नेता चक्रपाणी खनाल (बलदेव) र क्षेत्र नं. १ (क) प्रदेश सभातर्फ कांग्रेस नेता डोलकराम घिमिरे र १ (ख) मा लुम्बिनी प्रदेशका मन्त्री सहषराम यादव चुनावी मैदानमा छन् ।
त्यस्तै नेकपा एमालेबाट कपिलवस्तु क्षेत्र नं. १ मा एमाले नेता बलराम अधिकारी, १ (क) प्रदेश सभातर्फ एमाले नेता विष्णु पन्थी र १ (ख) तर्फ मधुसुधन चौधरी चुनावी मैदानमा छन् । केन्द्रमा एमाले र जसपा गठबन्धन हुने बताइए पनि कपिलवस्तु क्षेत्र नं. १ मा एमाले र जसपा गठबन्धन हुन सकेन । जसपाबाट क्षेत्र नं. १ (ख) मा मेवालाल यादव चुनावी मैदानमा छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया