

छाडा चौपाय र पार्किङ अभावले कुरुप बन्यो सदरमुकाम तौलिहवा




राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको जिल्ला सदरमुकाम स्थित तौलिहवा बजार । ठिक अगाडी पट्टी जिल्ला प्रशासन कार्यालय । तर प्रशानकै अगाडी एक हुल छाडा चौपायको ओहोर दोहोर । सँगै बेजोडले हुँइकिरहन्छन कयौँ सावरी साधन । फराकिलो सडक तर सडक ढपक्कै छोपिने गरी पार्किङ् गरीएका सवारी सधान । उत्तीकै पैदल यात्रु । फुटपाथ मिचेर राखिएका पसल व्यवसाय । साँच्चै कुरुप बनेको छ जिल्ला सदरमुकाम तौलिहवा ।
साघुँरो सडकलाई हुलाकी मार्गको नाम दिएर व्यक्तिगत संरचनाहरु भत्काउँदै फराकिलो सडक त बनेको छ । तर स्थनीय सरकार कपिलवस्तु नगरपालिकाको मुलद्धार देखि जिल्ला प्रशासनको मूलद्धारसम्म ठेलमठेल राखिने निजी गाडीले उचित पार्किङ स्थल पाउन नसक्दा जिल्ला सदरमुकामको मुुख्य स्थल नै कुरुप बनेको छ ।
प्रमूख जिल्ला अधिकारी देखि सयौँ कर्मचारी, राजनितिक दलका प्रमूख नेताहरु, नगर प्रमूख देखि वडा प्रमूख सम्म दैनिक ओहोर दोहोर गर्ने गेटमै छाडा चौपायको एक हुल दैनिक हुन्छ, चौबिसै घण्टा हुन्छ, बाह्रै महिना हुन्छ, तर ती निकायका प्रमूखहरु देखेर पनि नदेखे जस्तै गरी हिड्छन् । आफू सवार हुने सरकारी साधन हुइक्याउँछन् । अहँ समाधानको पाटो खोज्दैनन् । जसले गर्दा कुरुप बनेको छ, जिल्ला सदरमुकाम ।
दैनिक हजारौँ नागरिकहरु जिल्लाका विभिन्न कुना कुनाबाट सरकारी काम फत्ते गर्न सदरमुकाम तौलिहवामा पुग्छन् । तर जिल्ला सदरमुकामको कुरुप अवस्था देख्दा दिक्क हुन्छन् । कपिलवस्तु जिल्लाको सबैभन्दा पुरानो नगरपालिका रहेको स्थान भएको स्थान, जहाँ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला हुलाक, अदालत, कारागार सहितका सरकारी अड्डाहरु छन् । त्यही स्थान अव्यवस्थित छ । वर्षाै देखि सदरमुकामको सुन्दरीकरण र उचित व्यवस्थिकरणमा राज्यका कुनै पनि निकायले उचित ध्यान पु¥याउन सकिरहेका छैनन् ।
केही वर्ष पहिले खुल्ला शौच र फोहोर व्यवस्थापनबाट आलोचना खेपिरहेको कपिलवस्तु सदरमुकाम पछिल्ला वर्षमा उचित पार्किङ र छाडा चौपायको प्रबन्ध मिलाउन नसकेकोमा आलोचना खेपिरहेको छ । दैनिक हजारौँ नागरिकहरुको सरकारी कामकाजकै लागि उपस्थित हुने शहरको यो विकराल समस्या प्रति कुनै पनि तहका नेतृत्वले भुमिका खेलेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयकै अगाडी दैनिक हुने छाडा चौपायको हुलले सडक दुर्घटनाको जोखिम बढाइरहेको छ भने अव्यवस्थित पार्किङले सडक साँघुरो बनाएको छ । मानिसहरु हिड्ने फुटपाथ नै संंचालन भएका पसल व्यवसायले थप जोखिम निम्ताएका छन भने आधा सडक छोपिने गरी दुबै किनारमा लामबद्ध राखिने सवारी साधनको चापले यातायात आवागमन र पैदल यात्रुलाई दुर्घटना जोखिम उत्तिखै देखिएको छ । त्यसमाथि सडकका बिचभागमा हुलबाधेर बसेका चौपायले विकासका योजना बनाउनेहरुलाई नै गिज्याइरहेका छन् ।



खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै















प्रतिक्रिया