

कपिलवस्तुमा तीन जनाले लिए उम्मेद्धारी फिर्ता



कपिलवस्तु । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेद्धारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन पाउने समय दिएको थियो । बिहान १० बजे देखि दिउसो १ बजे सम्म दिइएको उक्त उमयावधिमा कपिलवस्तुकम जम्मा तीन जनाले मात्र उम्मेद्धारी फिर्ता लिएका छन् ।
कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्धार हिमाल बुढाथोकिले उम्मेद्धारी फिर्ता लएका छन् । त्यस्तै कपिवस्तु क्षेत्र न. २ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पदका उम्मेद्धार जनमत पार्टीका सरताज अहमद मुसलवान र क्षेत्र न. २ को २ मा प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका रुपेश श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय तौलिहवाका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिनुभयो ।
यसैबिच निर्वाचन कार्यालयले आज नै उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गरेको छ । कपिलवस्तुमा प्रतिनिधि सभाका तीन वटा र प्रदेश सभाका ६ वटा गरी ९ वटै निर्वाचन क्षेत्रका उम्मेद्धारहरुको अन्तिम नामावली प्रकाशन भएको हो ।
जस अन्र्तगत कपिलवस्तु प्रतिनिधि सभा १ का लागि २१ जना उम्मेद्धार तय भएका छन् । नेकपा एमालेका बलराम अधिकारी, गठबन्धनका चक्रपाणी खनाल, राप्रपाका धुव्र बहादुर रायमाझी, हाम्रो नेपाली पार्टीका देवेन्द्र कुमार शर्मा सहति २१ जनाको उम्मेद्धारी कायम भएको हो । उनहरुलाई आज नै आयोगले निर्वाचन चिन्ह दिदै छ । यस्तै प्रतिनिधि सभा २ मा ११ जनाको उम्मेद्धारी कायम भएको छ । नेकपा एमालेका बृजेशकुमार गुप्ता, गठबन्धनका सुरेन्द्रराज आचार्य, राप्रपाबाट सवता शर्मा लगाएतको उम्मेद्धारी रहेको छ । यस्तै कपिलवस्तुको प्रतिनिधि सभाका ३ मा १८ जनाको उम्मेद्धारी कायम भएको छ । यहाँ नेपाली कांग्रेसका अभिशेक प्रताप शाह, नेकपा एमालेका मंगल प्रसाद गुप्ता सहित १८ जनाको उम्मेद्धारीलाई कायम गरीएको निर्वाचन कार्यालयले जनाएको छ । कपिलवस्तुमा एक प्रतिनिधि सभाका उम्मेद्धार र दुई प्रदेश सभाका उम्मेद्धारले मात्र आफ्नो उम्मेद्धारी फिर्ता लिएका हुन ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया