

दशैँ मनाउन हिडेँकी युवती कपिलवस्तुमा बलात्कृत, दुई जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुमा एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी ति युवती दशैंको टीका लगाउन वाणगंगा ७ वनगाइमा आफन्तजन कहाँ आउने क्रममा उनीमाथि दुई युवकले जबरजस्तीकरणी गरेको बताइएको छ ।
उनीमाथि जबरजस्तीकरणी भएको प्रहरीसमक्ष जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय पिपराले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक गाडीको सहचालक रहेको बताइएको छ । यस्तै सोही आरोपमा अर्का ३२ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवलबाट बनगाईका लागि आउने एक विङ्गरमा सवार रहेकी ति युवतीलाई सोही विङ्गरका सहचालकले जबरजस्तीकरणी गरेको र पछि आफ्नो साथीलाई जिम्मा लगाई मोटरसाईकलमा युवतीलाई घर पु¥याइदिने भन्दै बिचबाटोमा अलपत्र पारि जबरजस्तीकरणी गरेको प्रहरी समक्ष ति युवतीले बताएकी छन् ।
आरोपित युवकहरु मध्ये १ जनालाई २२ गते नियन्त्रणमा लिएरको र अर्का एक जनालाई २३ गते नियन्त्रणमा लिई म्याद थपका लागि अदालत पठाएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सीले बताउनुभयो । गाडीका सहचालकले आफ्नो गाडीमा सवार एक यात्रुलाई प्रलोभनमा पारी जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिडित युवती अर्घाखाँचीकी रहेको र आरोपित पुरुषहरु दुबैजना कपिलवस्तुका रहेको जनाइएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया