

वैकल्पिक राजनितिका अभियान्ताहरु कपिलवस्तु आउँदै





कपिलवस्तु । बैकल्पिक राजनितिक शक्ति निर्माण अभियान २०७९ को केन्द्रिय कार्यदलका नेताहरुको उपस्थितिमा लुम्बिनी प्रदेशको कपिलवस्तुमा हुने प्रदेश स्तरीय भेलामा आउने भएका छन् । प्रदेश भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रमका लागि उनीहरु कपिलवस्तु आउने जनाइएको छ ।
बरिष्ठ कृषिविद् डा. मदन राइ, बरिष्ठ राजनितिज्ञ बिरेन्द्र पोख्रेल, वैकल्पिक राजनितिका भाष्यकार डम्बर खतिवडा, प्रशान्त सिहँ र अशोक श्रेष्ठको पाँच सदस्यीय कार्यदल कात्तिक २ गते कपिलवस्तु आउने भएका हुन । कपिलवस्तुको चार नम्बर जितपुरमा आयोजना गरिने भेलामा उनीहरु सहभागि हुने तयारी भएको जनाइएको छ ।
वैकल्पिक राजनितिक अभियान्ताहरुले केही समय अघि काठ्माण्डौँमा भेला आयोजना गरेका थिए भने असोज महिना भरमा प्रदेश भेला गर्ने र कात्तिक मसान्त सम्म स्थानीय तहका भेला गर्ने निर्णय गरेका थिए ।
वैकल्पिक राजनितिक शक्ति निर्माण अभियान २०७९ का अभियान्तहरुको आफ्नो कुनै राजनितिक दल नभएकै कारण आसन्न आम निर्वाचनमा भाग पनि नलिने र बहिस्कार पनि नगर्ने बताएका छन् । उनीहरुले देशका ७७ वटै जिल्लामा स्वतन्त्र रुपमा उम्मेद्धारी दिने उमेद्धारहरुलाई सघाउने जानकारी गराएका छन् ।
यस अभियानका अभियान्ताहरु मिलन पाण्डेको नेतृत्वमा रहेको विवेकशिल साझा पार्टी, रन्जिता श्रेष्ठ थारुले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीसँग बृहत वैकल्पिकक राजनितिक शक्ति निर्माणका लागि संवादमा रहेको पनि स्रोतले जनाएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया