

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक





काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि दलहरुले बुझाएको सूचीको अध्ययन गरेर आयोगले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको हो ।
बन्द सूचीमा प्रदेश र सङ्घका गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको नामावली रहेको छ । अब यो सूचीमा रहेका उम्मेदवारले आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभातर्फ प्रदेश एकमा ६ सय ६१ जना, मधेस प्रदेशमा ९ सय ४८, वाग्मतीमा ८ सय २५, गण्डकी प्रदेशमा ३ सय ६८, लुम्बिनीमा ६ सय ५७, कर्णालीमा २ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७६ जनाको नाम बन्दसूचीमा रहेको जनाएको छ ।
प्रदेश सभासहित बन्दसूचीमा रहने उम्मेदवारको सङ्ख्या ६ हजार ४ सय ९३ जना रहेको छ ।
प्रतिनिधिसभा तर्फ हेर्न यहाँ क्लिक गर्नुहोस
लुम्बिनी प्रदेश सभा तर्फ हेर्न यहाँ क्लिक गर्नुहोस


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया