कपिलवस्तु १ बाट नेत्र गिरीले गरे स्वतन्त्र उमेद्धारी घोषणा

कपिलवस्तु । पूर्व एमाले नेता नेत्र गिरीले आसन्न मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ७ का गिरीले प्रतिनिधिसभा–१ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । यस क्षेत्रबाट एमालेले बलराम अधिकारीलाई उम्मेद्वार बनाएको छ भने गठबन्धनले चक्रपाणी खनाललाई उम्मेद्धारी बनाउँदै छ ।

गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा वडा नं. ७ को वडा अध्यक्षमा चुनाव लडेका गिरी त्यस यता विभिन्न सामाजिक काममा सक्रिय हुँदै आए पनि कुनै दलमा आवद्ध भएका थिएनन् । स्थानीय तह निर्वाचनका बेला एमालेबाट बिद्रोह गरी स्वतन्त्र समुह बनाएर वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वार बनेका थिए । त्यस लगत्तै पार्टीले उनलाई साधारण सदस्य नरहने गरी निष्काशन गरेको थियो ।

उनले हाल कपिलवस्तुमा स्वतन्त्र समुह गठन गरी आफुुलाई सामाजिक क्रियाकलापमा सक्रिय बनाउँदै आएका छन् । उनलाई गत स्थानीय तहमा समेत वडा नम्बर ७ मा राम्रो मत प्राप्त भएको थियो । कपिलवस्तुमा पुराना नेताका रुपमा रहेका गिरीको उमेद्धारी घोषणाले कपिलवस्तुको निर्वाचनमा थप रौनकता थप्ने देखिएको छ ।

प्रतिक्रिया

खबर सबै