जुवाखालबाट समातिए १५ जना जुवाडे

दाङ । दाङको दंगिशरण गाउँपालिका(५ डाँडा चिसस्थित २२ वर्षीय देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा देवराज गिरी समेत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख २८ हजार ३ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया