

एमाले र जसपा बिच चुनावी तालमेल



भक्तपुर आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल गर्न सिट बाँडफाँटमा सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा अध्यक्ष ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । प्रतिनिधिसभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ सिटमा एमालेले सघाउने सहमति भएको छ ।
त्यस्तै प्रदेशसभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको एमालेले जनाएको छ । जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा एमालेले समर्थन गर्ने भएको छ ।
यस्तै एमालेलाई जसपाले प्रतिनिधिसभा क्षेत्रतर्फ सप्तरी–३, सिरहा क्षेत्र नं १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३, रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको १, २, ३, ४ र ५ निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा समर्थन र सहयोग गर्ने सहमति भएको छ ।
अध्यक्षद्वय ओली र यादवबीच तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति पत्रमा उल्लेख छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया