

घनश्याम भुसालले छाडे एमाले



काठमाण्डाै नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी छाड्ने घोषणा गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीबाट लामो समयदेखि थिचोमिचोमा पर्नुभएका नेता भुसालले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले छाड्ने घोषणा गर्नुभएको हो । उहाँलाई जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले पार्टी छाड्ने निर्णय गर्नुभएको हो ।
देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र नागरिकलाई गोलबन्द गर्दै नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरे पनि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ओलीको दम्भमा फस्दै गएको भुसालले आरोप लगाउनुभएको छ ।
गएको महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीतको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गरेको र त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गएको भुसालले बताउनुभएको छ । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढेको र अहिले एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको आरोप छ ।
एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफूले सङ्घर्ष गर्दै आएको तर अब यो सम्भव नहुने देखेपछि पार्टी छाड्ने निर्णयमा पुगेको भुसालले बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’
नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहकर्मीहरुप्रति सधैँ ऐक्यबद्धता रहने र राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने भुसालले उल्लेख गर्नुभएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया