

कपिलवस्तु १ मा एमालेबाट पुरानै अनुहार



कपिलवस्तु । नेकपा एमालेले लुम्बिनी प्रदेश सहित देशका अधिकाशं जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेद्वार टुङ्गो लगाएसँगै एमालेको चुनावी माहोल तातेको छ । यद्यपी यस पटक एमाले कपिलवस्तु अन्र्तगत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सासंद पदका लागि पुरानै अनुहारलाई एमालेले चुनावी टिकट दिएको छ । संविधान सभा सदस्य समेत रहेका एमाले नेता बलराम अधिकारीले क्षेत्र नम्बर १ बाट टिकट पाएका हुन ।
यस अघि उनी २०७० सालको निर्वाचनमा विजयी भएका थिए । यस्तै अधिकारीले २०७४ सालको निर्वाचनमा माओवादीसँग भएको चुनावी तालमेलका कारण टिकट पाएनन तर यसपटक अधिकारीले पुन: पार्टीको तर्फबाट टिकट पाए। प्रतिनिधि सभा १ का लागि एमाले कपिलवस्तुले केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , जिल्ला उपाध्यक्ष विश्राम थारु , पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको थियो । यहाँ अधिकारीले टिकट पाएका हुन ।
यस्तै एमालेले कपिलवस्तु क्षेत्र नम्बर १ (क) मा पनि पुरानै अनुहार दोहोराएको छ । लुम्बिनी प्रदेश सभाका निवर्तमान सासंद रहेका नेता विष्णु पन्थीले यस पटक पनि सोही पदमा दोहोरीने गरी पार्टीको टिकट पाएका छन् । यस अघि पनि उनी यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
प्रदेश सभा क्षेत्र नम्बर १ को (क) मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने , लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, जिल्ला अध्यक्ष डम्मर शर्मा , नेता प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो । यहाँ पुरानै अनुहारका रुपमा पन्थीले टिकट पाए ।
१ (ख) भने तालमेलका लागि खाली राखिएको छ । यहाँ जसपाले टिकट पाउने सम्भावना बलियो छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया