

दाङका झन्डै ३ हजार घर डुबानमा



दाङ । दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नौ सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीको सक्रियतामा बाढीमा फसेकाहरूलाई उद्धार गरिएको हो ।
दाङका सबैभन्दा बढी लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित भएका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगिशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकाका धेरैजसो वडा बाढीका कारण प्रभावित भएका छन् ।
यसपालिको बाढीले धान खेती पनि नष्ट गरेको छ । पाकेर काट्न ठिक्क परेको धान डुबानमा परेपछि किसान चिन्तिन छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया