

एमालेबाट घनश्याम भुसालले पाएनन् टिकट



काठमाडौं नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई बुझाएको सूचीमा भुसालको नाम समेटिएको छैन । ओलीले उक्त प्रदेशको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची विश्वकर्मालाई बुझाएका छन् । तर, उक्त लिस्टमा भुसालको नाम समावेश छैन ।
अछाम १ मा भीम रावललाई पनि टिकट नदिएका ओलीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका भुसालको टिकट खोसेका छन् ।
एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभामा भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस गरेको थियो । तर, ओलीले भुसालको नाम काटेका छन् । रुपन्देही ३ मा राप्रपाले पाउनुपर्ने भनेको छ तर टुंगो लागेको छैन ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया