

चुनाव लड्न भीम रावलले टिकट पाउनुभएन, योगेश भट्टराईको भने पक्का



काठमाण्डाै
नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट पाउनुभएको छैन । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिनुभएको हो । एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।
१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी सुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाउनुभएको एमाले स्रोतले जनाएको छ ।
ओलीको कार्यशैलीको विरोध गरेबापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
तत्कालीन नेकपाभित्र विवाद भएपछि ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेराे मानिरहेको नेताहरूले बताएका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया