

३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति



काठमाडौं
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।
नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । जस्तो, बारा २ मा दुबै दलको दाबी छ ।
एमालेले माओवादी छाडेर आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।
धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।
दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ । एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो। ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।
एमालेका एक नेता भन्छन्, ‘प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर हामी सहमतिको नजिक छौं ।’ जसपाका एक नेताले पनि अब सत्ता गठबन्धनसँगै सहमति हुने सम्भावना कम रहेको बताए । उनले भने, ‘एमालेसँग सहमति होला ।’
जसपासँग वार्तामा संलग्न एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि आफूहरु सहमति नजिक रहेको छोटो प्रतिक्रिया अनलाइनखबरलाई दिएका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया