

सन्धिखर्क-७ मा खोलाले बगाउँदा एक बालक बेपत्ता


सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क-७ मा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। दसैं मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका जिल्ला प्रहरी कार्यालयका अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
पौडेल एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान-७, चिदिचौरस्थित मामाघर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
आफ्नो बच्चा खोलाले बगाएपछि पौडेलले प्रहरीलाई खबर गरेकी थिइन्। करिब ३ बजे प्रहरी टोली घटनास्थलमा पुगी खोजिकार्य गरे पनि फेला पार्न सकेको छैन। बच्चाको खोजीकार्य जारी रहेपनि आज रात परिसकेकाले बिहीबार पुनः खोजीकार्य गरिने प्रहरीले जनाएको छ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया