

मान्यजनबाट टीका र आशीर्वाद थापेर मनाइयो विजयादशमी





कपिलवस्तु । आज विजया दशमी पर्वको मुख्य दिन । मान्यजनको हातबाट टिका र जमरा सहित आशिर्वाद ग्रहण गरी दशैँ पर्व मनाइएको छ । देश तथा विदेशमा रहेको नेपालीहरुले आज हर्षाेउल्लासका साथ दशैँ पर्व मनाएका हुन । यद्यपी यस वर्ष नेपालमा दशैँ मनाउनेहरुका लागि भने वर्षा बाधक बनेको छ ।
देशभर गयराति देखिको वर्षाका कारण यस वर्षको दशैँ हिलाम्य र वर्षामय बनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँको टिकाको साइत आज बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको जनाएको थियो । सोही अनुसार नेपालमा मान्यजनबाट टिका ग्रहण गरि आफ्ना मान्यजन भएका स्थानमा पुग्नेहरुलाई आज दिनभर वर्षाले समस्या निम्ताएको छ । कतिपय स्थानमा खोला तथा नदिमा पानीको सतह बढेपछि सडकखण्डहरु अबरुद्ध बनेका छन् भने पानीमा भिज्दै भए पनि मान्यजनको आर्शिवाद ग्रहणका लागि नागरिकहरुको चहलपहल दिनैभर सडकमा देखिन्थ्यो ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापनाका दिन स्थापना गरी राखिएको जमरा प्रसादको रुपमा आज शिरमा लगाउने र दुर्गादेवीका मठबाट पुजन गरी राखिएको टिका निधार नै ढपक्क ढाकिने गरी मान्यजनका हातबाट आर्शिवाद सहित ग्रहण गर्ने गरीन्छ ।
यसैबिच दशैका बेला आज देखि ठाउँठाउँमा सराय नाच समेत नाच्ने गरीन्छ । अब आउँदो पूर्णिमा सम्म दुर्गा तथा देवीका मठहरुबाट सराय नाच निकाल्ने चलन रहेको छ । लुम्बिनी प्रदेशका पनि प्राय सबैजसो जिल्लामा सराय नाच निकाल्ने चलन रहेको छ ।
यसैबिच नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरी बिजया दशमीको टिका लागाइएको हो ।
देवी विसर्जनका लागि बिहान १०ः३४ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको थियो । विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ।
नौ दिनसम्म दशैं घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै विजयादशमीमा टीका लगाएर मनाइन्छ ।
रातो टीका नलगाउने समुदायले भने सेतो टीका लगाउने गर्दछन् । घरका ठूला सदस्यबाट हुँदै क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
दशैंंको टीकासँगै पाइने दक्षिणा, आफन्तजन, कुलकुटुम्बसँग हुने भेटघाट, साना बालबालिकाहरुलाई नयाँ नोट र लत्ताकपडाले दिने आकर्षण, मान्यजनहरुबाट लिइने आशीर्वचन विशेष महत्व छ ।
सोही अनुसार यस वर्ष नेपाल सहित विश्वभर रहेका नेपालीहरुले दशैपर्व मनाएका हुन ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया