

कपिलवस्तु–१ मा माओवादीले टिकट पाए जित कठिन रहेको कांग्रेसको दाबी



कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले आसन्न मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले उम्मेद्वार पाउनुपर्ने माग गरेको छ ।
गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले टिकट पाउने लगभग पक्कापक्की भएको बेला कांग्रेस क्षेत्रिय समितिले त्यसको विरोध गरेको हो । गत स्थानीय तहको निर्वाचनमा पाएको मतको आधारमा कांग्रेस यस क्षेत्रमा पहिलो शक्ति रहेको दाबी गर्दै अन्यत्र पार्टीलाई टिकट दिए यहाँ जित्ने आधार गुम्न सक्ने चेतावनी दिएको छ । कांग्रेसको प्रतिनिधिसभा–१ को प्रदेशसभा (१) का सभापति दुर्गा केसीले कांग्रेसको २८ हजार मत दिएर ९ हजार मत भएको माओवादीलाई जिताउन गाह्रो पर्ने तर्क गरेका छन् ।
तौलिहवामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी केसीले भने–‘केन्द्रीय निती अनुसार गठबन्धनको विकल्प छैन्, तर कपिलवस्तु–१ को हकमा केन्द्रीय नेतृत्व गम्भीर बन्नै पर्छ । माओवादीलाई टिकट दिए जिताउन गाह्रो पर्छ ।’
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा–१ का कांग्रेस सभापति मन्नान खाँले कांग्रेसले टिकट पाउनुपर्ने माग कार्यकर्ताले राखिरहेको जिकिर गरेका छन् । कार्यकर्ताको दबाब दिनहुँ हुने गरेको भन्दै अघिल्लो चुनाव जितेर माओवादीले काम गर्न नसकेको आरोप समेत लगाए । यस्तो बेला चुनावी नतिजा गलत आउने उनले चेतावनी दिए । कार्यकर्ताको भावना अनुसार प्रतिनिधिसभाको टिकट कांग्रेसले पाउनुपर्नेमा उनले जोड दिए ।
पत्रकार सम्मेलनमा उपस्थित भएका अधिकांश नेताहरुले कांग्रेसले टिकट पाउनुपर्ने र उमेद्धार दीपकुमार उपाध्याय हुनुपर्ने माग राखेका थिए । तर केन्द्रले तय गरेको उम्मेद्वारलाई आफूहरुले सहयोग गर्ने, कार्यकर्ता सम्हाल्न भने आफूहरुले नसक्ने उनीहरुले बताएका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया